scheduleआइतवार भाद्र १ गते, २०७६

पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार, भन्छ- राजदूत पुरीसँगको भेट अवैध

काठमाडौं, ९ चैत । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।

मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage