scheduleबिहिवार भाद्र ५ गते, २०७६

पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड ठग्नेहरु प्रहरी खोरमा

ललितपुर, ९ चैत । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र हरिबहादुर लामा पुर्पक्षका लागी थुनामा गएका छन्।

पोल्याण्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले दै ६ सय नौ जनाबाट यत्ति ठूलो रकम उठाएको प्रहरीको भनाइ छ।

महतो र लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। सोही आरोपमा संलग्न अन्य १० जना भने फरार छन्।

प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि उनीहरुले ग्वार्कोमा दृष्मा ओभरसीज प्रालि संचालन संचालन गरेको देखिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा नितु घलेले खबर लेखेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage