scheduleबिहिवार भाद्र ५ गते, २०७६

कोरियाका लागि पहिलो दिनमै ५५ हजार आवेदन दर्ता

काठमाडौं, ९ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए । ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको उनले बताए ।  कान्तिपुर दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage