scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रहरीमा नयाँ अफरः प्रदेश रोज्नेलाई दुई ग्रेड

काठमाडौँ, ९ चैत । प्रदेश रोज्ने प्रहरी कर्मचारीका लागि आकर्षक कार्यक्रमका रूपमा एकतह पदोन्नति (बढुवा) नभई दुई ग्रेड थप गर्ने व्यवस्था समेटिएको छ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी (केन्द्र) तथा प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयकले यस्तो ब्यवस्था गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले यो विधेयक छलफलका लागि प्रतिनिधिसभा समक्ष पेश गरिसक्नु भएको छ । प्रहरीको समायोजनाका लागि बनेको सो विधेयकले निजामती सेवाका कर्मचारीलाईजस्तो प्रहरी कर्मचारीका लागि आकर्षक कार्यक्रम भने ल्याएको छैन ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुले प्रहरी कर्मचारीलाई समायोजनका क्रममा प्रदेश प्रहरीप्रति आकर्षित गर्न बढुवाको लाइनमा रहेका जवानदेखि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका कर्मचारीलाई एकतह पदोन्नति गर्न सुझाव दिएका छन् । तर, विधेयकमा सो विषय समेटिएको छैन ।

त्यस्तैं, नयाँ संशोधित प्रहरी कर्मचारी नियमावलीले प्रहरी जवान भर्ना हुनका लागि एसएलसी वा सो सरहको शिक्षा अनिवार्य गरेकाले जवानलाई खरिदार तह सरहको दर्जामा राखी सोही अनुसारको सेवा सुविधा उपलब्ध गराउन प्रस्ताव गरेको थियो ।

प्रहरी जवान तहका कर्मचारीहरू समायोजनप्रति आकर्षित देखिए पनि उच्चतहका अधिकारीहरु भने खासै उत्साहित देखिदैनन् । लामो समयसम्म एउटै प्रदेशमा रुमल्लिएर बस्नुपर्ने बाध्यताका कारण उहाँहरूको प्रदेश प्रहरीप्रतिको आकर्षण घटेको हो ।

प्रस्तावित यो विधेयकले प्रहरी कर्मचारीको वास्तविकतालाई सम्वोधन गर्न नसकेको पूर्वप्रहरी अधिकारीहरु बताउँछन् । पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाले निजामति सेवाका कर्मचारीहरुलाईजस्तो प्रहरी कर्मचारीको समायोजनमा बढुवा र ग्रेड बृद्धिजस्ता आकर्षक कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

उहाँको संयोजकत्वमा गठित संघीय प्रहरी समायोजन कार्यदलले केन्द्रमा महानिर्देशक र प्रदेशमा प्रहरी महानिरीक्षकको ब्यवस्था गर्न प्रस्ताव गरेको थियो । तर, विधेयकले केन्द्र र प्रदेश प्रहरीको नेतृत्वका विषयमा केही उल्लेख गरेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage