scheduleबिहिवार बैशाख १२ गते, २०७६

माल्दोभाविरुद्ध विश्वविजेता फ्रान्सको शानदार जित


एजेन्सी, ९ चैत । विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा माल्दोभामाथि शानदार जित दर्ता गरेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले माल्दोभामाथि ४–१ को जित निकालेको हो ।

माल्दोभाको घरेलु मैदानमा शुक्रबार भएको खेलमा फ्रान्सको शानदार जितमा एन्टोइन ग्रिजमन, राफइल भरान, ओलिभर जिरउड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल फर्काए पनि पराजय रोक्न सकेनन् ।

झण्डै एकपक्षीय जस्तै बनेको खेलको २४ औं मिनेटमा पल पोग्वाले, २७ औं मिनेटमा रापइल भरानले र ३६ औं मिनेटमा ओलिभर जिरुले गोल गरे । यसरी फ्रान्स पहिलो हाफमै तीन गोले अगाडि थियो ।
८७औं मिनेटमा युवा फरवाडै केलियन एमबाप्पेले अर्को गोल थपेर फ्रान्सको जितलाई सहजतातिर लगे । लगत्तै दुई मिनेटपछि घरेलु टोलीका भ्लादिमिरले सान्त्वना एक गोल फर्काए ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई हरायो भने टर्कीले अल्वानियालाई हराए । दुवैले समान २–० को नतिजामा पराजित गर्दै ३ अंक जोडेका हुन् ।

सन् २०२० को युरोकपको लागि युरोपका विभिन्न ५५ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ, जसमा समूहका शीर्ष दुई टोलीले अर्काे चरणमा खेल्न पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob