scheduleआइतवार श्रावण ५ गते, २०७६

रोनाल्डो गोलरहित हुँदा पोर्चुगल रोकियो


एजेन्सी, ९ चैत । युरोकप छनोट खेलमा युक्रेनले पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको छ । क्रिस्टियानो रोनाल्डोले रसिया विश्वकपपछि टिममा पुनरागमन गरेको खेलमा उनी गोलरहित रहन पुगे ।

रोनाल्डोको उपस्थितिमा पोर्चुगलले घरेलु मैदानमा युक्रेनलाई खेलमा दवावमा राखेको थियो । यद्यपि, गोल गर्न चुकेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल बराबरीमा रोकिन बाध्य भएको हो । युक्रेनको बलियो रक्षापंक्तिले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र आन्द्रे सिल्भालाई चल्न दिएनन् ।

पोर्चुगलले बारम्बार सुन्दर मौकाहरु गुमायो । १७औं मिनेटमा पोर्चुगलका विलियन कर्भाल्हो, २४औं र २८ औं मिनेटमा कप्तान रोनाल्डो नै चुक्दा युक्रेन बलियो देखियो ।

५७औं मिनेटमा आन्द्र सिल्भाको प्रहारलाई युक्रेनका गोलरक्षक एन्ड्रि प्याटोभले रोक्दा पोर्चुगलले अर्को मौका गुमायो । कप्तान रोनाल्डोले ७२औं मिनेटमा अर्को अवसर खेर फाले ।

समुह ‘बी’ को अर्काे खेलमा लिथुनियालाई २–१ ले पराजित गर्दै लक्जेमवर्गले पुनरागमन जित निकाल्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob