scheduleबिहिवार श्रावण २ गते, २०७६

स्टर्लिङको ह्याट्रिकसँगै इङ्ग्ल्याण्डको शानदार जित


एजेन्सी, ९ चैत । यूरो कप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकविरुद्ध ५-० को शानदार जित निकालेको छ । इंग्ल्याण्डको जितका लागि म्यानचेस्टर सिटीका मिड्फिल्डर रहिम स्टर्लिङ्गको ह्याट्रिक महत्वपूर्ण रह्यो ।

घरेलु टोली इंग्ल्याण्डका लागि स्टर्लिङ्गले पहिलो हाफको २४ औं मिनेट, दोस्रो हाफको ५३ औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा चेकका डिफेन्डरद्वय काडरबेक र कलासले स्टर्लिङ्गलाई लडाएपछि पाएको पेनाल्टीलाई गोलमा बदल्दै ह्यारी केनले पनि एक गोल गरे ।

४ गोलले पछाडि परेको चेकका टोमस कलासले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि इंग्ल्याण्डको खातामा ५ गोल भयो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob