scheduleबिहिवार बैशाख १२ गते, २०७६

इमरानको दावी- मोदीले पाकिस्तानी राष्ट्रिय दिवसको अवसरमा बधाई दिए


इस्लामावाद, ९ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खाले पाकिस्तान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्राप्त सन्देशलाई स्वागत गरेका छन् । खानको दावीअनुसार मोदीले उनलाई सन्देश पठाएर पाकिस्तानी नागरिकलाई राष्ट्रिय दिवसको बधाई दिएका छन् ।

मोदीको सन्देशको बारेमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा आएको छैन । पाकिस्तानले शुक्रबार राष्ट्रिय दिवस मनाएको थियो ।

उता, शुक्रबार साँझ दिल्लीस्थित पाकिस्तानको उच्च आयोगमा पत्रकारलाई पाकिस्तान दिवसको कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो । पत्रकार रोक्नुको कारणको रुपमा भारत सरकारले उक्त कार्यक्रम बहिस्कार गरेको भनिएको थियो ।

यसलाई लिएर शुक्रबार बिहान भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतका कोही पनि प्रतिनिधि दिल्लीस्थित पाकिस्तानको उच्चायोगमा हुने समारोहमा भाग नलिन निर्देशन दिएको बीबीसीले लेखेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश मिलेको दावी गर्दै ट्वीटमा भनेका छन्, ‘पिएम मोदीको तर्फबाट सन्देश प्राप्त भएको छ ।’

उनले मोदीको सन्देश पनि ट्विट गरेका छन् । उनका अनुसार मोदीले लेखेका छन्, ‘पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा म पाकिस्तानी जनतालाई आफ्नो बधाई र शुभकामना दिन चाहन्छु । यो यस्तो अवसर हो जब उपहाद्वीपका नागरिकहरु चरमपन्थ र हिंसाबाट मुक्त वातावरणमा लोकतान्त्रिक, शान्तिपूर्ण, प्रगतिशील र समृद्ध क्षेत्रका लागि काम गर्नु पर्छ ।’

इमरानले अर्को एक ट्वीटमा लेखेका छन्, ‘सबै मुद्दा खासगरी कश्मिरका केन्द्रीय मुद्दालाई सुल्झाउनका लागि भारतसँग समग्र वार्ता सुरु गर्न र हाम्रा नागरिकको शान्ति र समृद्धिमा आधारित नयाँ सम्बन्ध बनाउनुछ ।’

यसैबीच, भारतको विपक्षी दल कांग्रेसले नरेन्द्र मोदीलाई प्रश्न गरेको छ, ‘के इमरान खानले गरेको दावी सहि हो ?’

कांग्रेसले दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यक्रम बहिस्कार गर्न लगाएर प्रधानमन्त्रीले किन शुभकामना पठाएको भन्दै प्रश्न गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob