scheduleआइतवार श्रावण ५ गते, २०७६

सबै दलका नेता बोलाएर अन्तर्क्रिया गर्दै नयाँ शक्ति


काठमाडौं, ९ चैत । पछिल्लो राजनीतिक अवस्थाबारे धारणा बनाउन नयाँ शक्ति पार्टी, नेपालले काठमाडौंमा बृहत अन्तरक्रियाको आयोजना गरेको छ ।

आइतबार बानेश्वर ब्यांक्वेट, थापागाउँमा १ः३० बजे आयोजना गरिएको ‘देशको विद्यमान परिस्थितिमा राजनीतिक दलहरुको भूमिका’ विषयक अन्तर्क्रियामा विभिन्न दलका नेताहरुलाई आमन्त्रण गरिएको उक्त पार्टीले जनाएकव छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेकपा नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, अन्य दलका नेताहरु विराजभक्त श्रेष्ठ, इन्दू तुलाधर, एमएस थापा लगायत सहभागी हुनेछन् ।

नयाँ शक्तिको चैत्र २ गते काठमाडौंमा बसेको संघीय सचिवालयको बैठकले एक महिने पूरक कार्ययोजना बनाएको थियो । बैठकले चैत १० गते काठमाडौंमा, १३ गते धनगढीमा, १२ गते टिकापुरमा र २१ गते जनकपुरमा बृहत अन्तर्क्रिया आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकले विभिन्न राजनीतिक पार्टी र व्यक्तिहरुसँग संघ, प्रदेश र स्थानीय तहमा वार्ता/संवाद गर्ने र राजनीतिक ध्रुवीकरणको प्रयत्न गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकले २ नं. प्रदेशको पूर्व-पश्चिम लोकमार्ग आसपासको चुरेक्षेत्रमा चैत्र १६ देखि २० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको ती नेताले जानकारी दिए ।

नयाँ शक्तिले पार्टी कोष बलियो बनाउन केन्द्रीय नेताहरुबाट आजीवन लेवीस्वरुप एक/एक लाख उठाउने भएको छ । ‘सबै महाधिवेशन आयोजक समिति सदस्यहरुले पार्टीको स्थायी कोषमा लगानीको
रुपमा आफ्नो आजीवन लेवीस्वरुप एक लाख चैत्र महिना भित्र केन्द्रीय बैँक खातामा जम्मा गर्ने निर्णय भएको छ,’ नयाँ शक्तिका एक नेताले भने, ‘तत्काल एकमुष्ठ तिर्न नसक्नेहरुले किस्ताबन्दीमा तीन महिनाभित्र जम्म गरी सक्ने निर्णय गरिएको छ ।’

नयाँ शक्तिले महाधिवेशन आयोजक समिति र कार्यकारिणी समिति, संरक्षक परिषद र विज्ञ परिषदको पूर्ण बैठक आगाामी २०७६ बैशाख ५ र ६ गते नवलपरासीमा गर्ने निर्णय गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob