scheduleबुधवार बैशाख ११ गते, २०७६

बर्डफ्लुको आशंकामा २ सय किलो मासु नष्ट

पर्वत, ९ चैत । पर्वतको मोदी गाउँपालिका– ६ डिमुवामा बोरामा पोको पारेर जीपमा ल्याउँदै गरिएको तयारी मासु नियन्त्रणमा लिएर नष्ट गरिएको छ । वर्डफ्लु प्रभावित क्षेत्र कास्कीबाट पर्वत ल्याउँदै गरेको अवस्थामा प्रहरी चेकजाँचका क्रममा करिव २ सय किलो मासु नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

भेटनरी जाँच भएको कागजात बिनै र बिल भरपाई नभईकन ल्याइएको उक्त मासु शंकास्पद देखिएकाले नष्ट गरिएको डिमुवा प्रहरी चौकीले जनाएको छ । जिल्लामा बर्डफ्लु भित्रिन नदिन नाकामा कडाई गरिएको छ । पर्वत जिल्लामा कुखुरा भित्रिने मुख्य नाका डिमुवामा दिनहुँ अवैध कुखुरा, चल्ला र अण्डा नियन्त्रणमा लिन थालिएको छ ।

बिहीबार पनि १२ हजार चल्ला नियन्त्रणमा लिइएको थियो । पोखरामा देखिएको बर्डफुलु पर्वत भित्रिन नदिन डिमुवा, कार्किनेटा, हुवास, सेतीबेनी लगायतका नाकामा चेकपोष्ट राखेर निगरानी गरिएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र बागलु्ङका प्रमुख नारायणप्रसाद शर्माले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob