scheduleसोमवार आषाढ़ ३० गते, २०७६

एएफसी च्याम्पियनसिप छनोट : नेपालको निराशाजनक सुरुवात

‌‌‌

काठमाडाैं, ९ चैत ।  २३ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोटमा नेपालले निराशाजनक सुरुवात गरेको छ । कतारमा जारी छनोटको पहिलो खेलमा नेपाल पराजित भएको हो ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १ –० गोल अन्तरले पराजित भएको हो । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा ओमानलाई जित दिलाउन युसुफ नासिर अल माल्कीले निर्णायक गोल गरेका  थिए । फिफा वरियतामा ७१ औं स्थान माथि रहेको ओमानविरुद्ध नेपाली टोली सबै पक्षमा कमजोर देखिएको थियो ।

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान ९० औं स्थानमा रहेको छ । ओमानसंगको हारसंगै नेपालको एएफसी २३ वर्षमुनिको च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । नेपालले अब दोस्रो खेल आइतबार आयोजक कतारसंग खेल्ने छ भने अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ । ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‍‍‍‍‍‍‍‍‌‍‌‍‌‍

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob