scheduleशुक्रवार श्रावण ३ गते, २०७६

शिक्षामन्त्री पोखरेलको अस्पताल बसाइ लम्बिने

काठमाडौँ, ९ चैत । स्वास्थ्यमा  समस्या देखिएपछि पाटन अस्पतालमा भर्ना भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलेको अस्पताल बसाई लम्बिने भएको छ।

स्वास्थय  असामान्य भएपछि  भरोसा अस्पताल पुगेका मन्त्री पोखरेल चिकित्सकको सुल्लाह अनुसार पाटन अस्पतालमा भर्ना भएको पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।

मेडिकल वार्डमा भर्ना भएका मन्त्रि पोखरेलको उपचारमा डा. पारशकुमार आचार्यको नेतृत्वको टोली संम्लग्न रहेको छ ।

पोखरेलका निजी सचिव  न्यौपानेका अनुसार  कमजोरी नघटेको र  सबै रिपोर्ट आइनसकेकाले मन्त्रीको  डिस्चार्जको समय निश्चित भएको छैन ।

गण्डकी मेडिकल कलेजको अध्ययन सकेर राजधानी फर्किएका मन्त्री पोखरेल  शुक्रबार  प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बुटवल जाने कार्यक्रम तय भएको थियो। तर अस्वस्थताका कारण जान सकेनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob