scheduleशुक्रवार श्रावण ३ गते, २०७६

धितोपत्र बोर्डमा लगानीकर्ताले लगाए ताला

काठमाडौं, १० चैत ।  नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । केहि सातापहिले चरणबद्ध आन्दोलन घोषणा गरेका सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार बिहान जावलाखेलस्थित बोर्डको कार्यालयमा ताला लगाएका हुन् ।

ताला लगाउन सेयर बजार लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्ना पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob