scheduleबिहिवार मंसिर ५ गते, २०७६

बच्चा लगातार रोएको भन्दै जब आमाले लगाइदिइन् ओठमा फेबिकल


बिहार, १० चैत । बिहारको छपरा भन्ने ठाउँमा एउटा संसारलाई अचम्भित बनाउने खबर बाहिर आएको छ । त्यहाँ आफ्नो बच्चा लगातार रोएको भन्दै आफ्नै आमाले बच्चाको ओठमा फेबिकल लगाएर टाँसिदिइन् ।
बच्चाका पिता भन्छन्, ‘म केही काम सकेर घर फर्कंदा बच्चा शान्त देखेँ । मलाई लाग्यो कि ऊ केही बोल्न खोजिरहेको छ । उसले मुखबाट फिंज निकालिरहेको थियो ।’

उनले भने, ‘जब मैले आफ्नी पत्नी शोभालाई यसबारे सोधेँ, उनले सधैं रोइरहेकोले ओठमा फेबिकल लगाएर बन्द गरिदिएँ भन्ने जवाफ पाएँ ।’

बच्चाका पिताले तत्काल बच्चालाई अस्पताल लगे । डाक्टर पनि यस्तो घटनाबाट हैरान बनेका छन् ।

एक रिपोर्टका अनुसार बच्चाको बाबुलाई सुरुमा लुगा धुने सरफ अनुहारमा लागेजस्तो लाग्यो । तर जब उनले हटाउन खोजे, त्यो हट्दै हटेन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage