scheduleबुधवार बैशाख ११ गते, २०७६

संसदमा बोल्दै प्रधानमन्त्री, हेर्नुहोस् लाइभ


काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधिनिधिसभामा सम्बोधन गरिरहेका छन् । बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गरिरहेका छन् ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजै अन्त्य हुँदैछ ।

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए । सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपाका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गरेका थिए ।

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन लाइभ-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob