scheduleबिहिवार बैशाख १२ गते, २०७६

संसदमा ओलीः राजतन्त्रको फिरि नलगाऊ, विप्लव लुरुलुरु हतियार बुझाउन आऊ


काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले रगत बगाएर फालिसकेको राजतन्त्रबारे धेरै नारा नलगाउन चेतावनी दिएका छन् ।

आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको नामै नलिइकन उनको अभिव्यक्तिको विरोध जनाए । उनले भने, ‘आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरिरहेका छन् । नेपालमा अब प्रतिगमनको कुनै सम्भावना छैन । नेपाली जनता अब यो सुन्न पनि तयार छैनन् ।’

जोगीले झै‌ं राजतन्त्रको फिरि नलगाउन चेतावनी दिँदै उनले भने, ‘नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ । यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै पट्याक फुटुक नगर्दा हुन्छ ।’

उनले सीके राउतलाई मूल प्रवाहमा ल्याउन सरकारको ऐतिहासिक सफलता भएको उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले विद्रोही नेकपालाई हतियार बुझाउन आग्रह गरे । उनले उक्त पार्टीलाई चेतावनी दिँदै भने, ‘हतियार नबुझाए कसरी हतियार लिनुपर्छ, सरकारलाई राम्रोसँग जानकारी छ ।’

उनले धेरैपटक सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेका आरोप लगाए । ‘राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन । हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ ओलीले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob