scheduleसोमवार आषाढ़ ३० गते, २०७६

रसेल चम्किँदा हैदरावादविरुद्ध कलकत्ताको रोमाञ्चक जित


कलकत्ता, १० चैत । आइपिएलको १२ औं संस्करणको दोस्रो खेलमा कलकत्ता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । यो जितसँगै कलकत्ताले आइपिएलको आफ्नो पहिलो खेलमा सातौं पटक जित दर्ता गरेको छ ।

पछिल्लो पटक २०१२ मा उसले पहिलो खेल हारेको थियो । हैदरावादले दिएको १८२ रनको लक्ष्य पछ्याएको कलकत्ताले १९.४ ओभरमा चार विकेटको क्षतिमा हासिल गर्‍यो । कोलकत्ताको लागि नितिश रानाले सर्वाधिक ६८ रन जोडे । आन्द्रे रसेलले १९ बलमा ४९ रन र शुभमन गिलले १० बलमा १८ रन जोड्दै अविजित रहे ।

नितिशले आइपिएलमा आफ्नो छैटौं अर्धशतक बनाएका छन् । उनलाई रसिद खानले आउट गरे ।

यसअघि क्रिस लिन दोस्रो ओभरमा प्याभेलियन फर्किएका थिए । उनलाई शाकिब अल हसनले आउट गरेका थिए । त्यसपछि सिद्धार्थ कौलले रविन उथप्पालाई ३५ को निजी स्कोरमा बोल्ड गरिदिए । कप्तान दिनेश कार्तिक दुई रन बनाएर सन्दीप शर्माको बलमा आउट भएका थिए ।

यसअघि कलकत्ताले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर १८१ रन बनाएको थियो । डेभिड वार्नरले आइपिएल करिअरमा आफ्नो ३७औं अर्धशतक बनाएका थिए । उनले गौतम गम्भीरको ३६ अर्धशतकको रेकर्ड तोडिदिएका छन् । उनी ८५ रन बनाएर रसेलको बलमा आउट भए ।

विजय शंकरले आखिरी ओभरमा २४ बलमा ४० रन बनाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob