scheduleमगलवार बैशाख १० गते, २०७६

बक्स अफिसः तीन दिनमा अक्षयको केसरीको कमाई ९० करोड नाघ्यो


मुम्बई, ११ चैत । अक्षय कुमारको फिल्म केसरी होलीको मौकामा रिलिज भयो । पहिलै दिन उक्त चलचित्रले धमाका पिट्यो ।

हप्तान्तसम्म आउँदा यसले ५० करोड अर्थात् नेपाली ९० करोडभन्दा बढी कमाएको छ । भारतको सारागढी लडाईंमाथि बनेको फिल्मले दर्शकलाई तानिरहेको छ ।

फिल्मले पहिलो दिन भारतमा मात्रै ३३ करोड भन्दा बढी कलेक्सन गरेको थियो । दोस्रो दिन २७ करोडभन्दा बढी र विहीबार र शुक्रबार गरि ५६ करोडभन्दा बढी कलेक्सन गरेको बताइएको छ ।

कार्तिक र बिजनेश विश्लेसक तरण आदर्शका अनुसार आइतबारसम्म फिल्मले १ अर्ब २८ करोडभन्दा बढी कमाउनेछ ।

केसरीको निर्देशन अनुराग सिंहले गरेका छन् । अभिषेकले फिल्म रकीब, दिल बोले हडिप्पा र कई पञ्जाबी फिल्महरु निर्देशन गरेका छन् ।

केसरीमा पनि उनको निर्देशनको चौतर्फी प्रशंसा भइरहेको छ । यो फिल्म सारागढीमा भएको ऐतिहासिक युद्धको सत्य घटनामा आधारित छ । यसमा अक्षय कुमार वीर बहादुर हवलदार ईशर सि‌ंहको भूमिकामा देखिएका छन् । ईशर सिंह ३६ सिख रेजिमेन्टको २१ जना मानिसको टुकडीको कमाण्डर थिए ।

सारागणी अहिले पाकिस्तानको वजिरिस्तानमा पर्छ । त्यहाँ १८९७ मा युद्ध लडिएको थियो । त्यतिबेला २१ बहादुर सिख जवानले १० हजार अफगान सैनिकलाई हराएको भारतीयहरु विश्वास गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob