scheduleआइतवार आषाढ़ १ गते, २०७६

पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

काठमाडौँ, १२ चैत ।  झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन ।

एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।

नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् ।

भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् । उनीहरुले तेल फुल ट्यांकी हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा प्राथमिकता पाउँछन् । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob