scheduleसोमवार आषाढ़ ३० गते, २०७६

प्रतिबन्ध हटाउन माग गर्दै विप्लवले गरे चरणवद्ध आन्दोलनको घोषणा

काठमाडौँ, १२ चैत । सरकारले फागुन २८ गते नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि  विप्लव समूहले पनि प्रतिबन्धविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेपछि प्रतिबन्ध हटाउन र कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ती जारी गर्दै पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द घोषणा गरेको छ ।

त्यसै गरि १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob