scheduleबिहिवार श्रावण २ गते, २०७६

भारत फर्किए इरफान खान, बलिउडमा कहिले फर्किएलान्

काठमाडौँ, १३ चैत । गएको मार्चदेखि थला परेका बलिउड अभिनेता इरफान खान उपचार गरेर लण्डनबाट भारत फकिएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी भारतमा नै उपचार गर्न भने फर्किएका भने होइनन् ।

उनी लामो समयदेखि न्युरोनडकरिन ट्युमर समस्याबाट ग्रसित रहेका छन् ।

उनको लण्डनको एक हस्पिटलमा उपचार चलिरहेको छ । उनी बिरामी परेपछि उनका धेरै प्रोजेक्ट लथालिंग भएको बताइएको थियो ।

मिडिया रिपोर्टका अनुसार उनी कहिले आफ्नो काममा फर्किन्छन् त्यो भने अझै स्पष्ट हुन सकेको छैन ।

उनी इंलिस मिडियम फिल्ममा काम गर्ने फाइनल भइसकेको थियो । तर, त्यो फिल्मको काम उनी बिरामी परेपछि अगाडि बढ्न सकेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob