scheduleबुधवार बैशाख ११ गते, २०७६

गण्डकी प्रदेशका मन्त्रीले लिएको इन्धन बारे छानबिन हुने

पाेखरा, १३ चैत । कानुनबिपरीत तोकिएकोभन्दा बढि इन्धन गण्डकी प्रदेशको लेखा समितिले मन्त्रीहरुले लिए, नलिएको अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रीहरुले दोहोरो इन्धन लिएको भन्दै समाचारहरु आएपछि लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको समितिका सभापति कुमार खड्काले जानकारी दिए ।

इन्धन खर्चबारे अध्ययन गर्न सांसद रामजी बरालको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिमा सांसद मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य छन् । उनीहरुले इन्धन खर्चबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने छन् । मंगलबार बैठकमा प्रदेशका सचिबहरु सगँ छलफल गरेपछि समिति गठन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob