scheduleशुक्रवार कार्तिक १ गते, २०७६

नयाँ अनुसन्धानको निष्कर्षः धेरै बच्चाका बावुआमालाई मुटुको रोगको खतरा बढी


वासिङ्टन, १४ चैत । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।

‘यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,’ अध्ययनकर्ताहरूले भनेका छन् ।

उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ ।

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिइन् ।

तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उनले बताइन् । त्यसैगरी बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्वन्धी समस्याहरु हुने गरेको पाइएको अध्ययनले देखाएको छ ।

यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ । अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० बर्ष वा त्यो भन्दा धेरै उमेरका थिए ।

अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई बर्षदेखि मुटुसम्वन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए । ‘अध्ययनले महिला पुरुष दुवैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,’ अध्ययनकर्ता हिप्पले भनिन् । रासस/एएनआई

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage