scheduleबिहिवार भाद्र ५ गते, २०७६

विचरो संघीयता


लोग्ने स्वास्नीको ठाक्कठुक्क, संघीयता खत्तम
केटाकेटीले पढ्न सकेनन, संघीयता खत्तम
कानमा कानेगुजी भरियो, संघीयता खत्तम
आकाशमा बादल लाग्यो, संघीयता खत्तम
कर्मचारीले काम गरेनन, संघीयता खत्तम
यस बर्ष पानी धेरै पर्‍यो, संघीयता खत्तम
प्रेमीहरुको प्रेममा दरार, संघीयता खत्तम
धारामा पानी धमिलो, संघीयता खत्तम
तरकारीमा नून बढी, संघीयता खत्तम
नाकमा सिँगान बढी, संघीयता खत्तम
शिक्षकले पढाएनन्, संघीयता खत्तम
बाटोमा धुलो धेरै, संघीयता खत्तम
भ्रष्टाचार बढ्यो, संघीयता खत्तम
मान्छे उछिट्ट्यो, संघीयता खत्तम
प्रश्नपत्र आउट, संघीयता खत्तम
कपालमा चाया, संघीयता खत्तम
टाउकोमा जुम्रा, संघीयता खत्तम
दुराचार बढ्यो, संघीयता खत्तम
खुट्टो जिप्ट्यो, संघीयता खत्तम
हाच्छ्यु आयो, संघीयता खत्तम
आँखा चिलाए, संघीयता खत्तम
कान पाक्यो, संघीयता खत्तम
जे हुँदानी उसलाई खत्तम
पेट गडबड, दिसा पातलो …
जता गयो उही खत्तम
किन आयो नेपालमा
को जुनीको पाप हो
विचरो संघीयता !

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage