scheduleबुधवार बैशाख ११ गते, २०७६

कौटिल्य ज्ञानः यी दुई गल्ती गर्दा मानिसको पतन हुन्छ

चाणक्य नीतिको १२औं अध्यायको सोह्रौं श्लोकमा त्यस्तो दुई गल्तीको बारेमा बताइएको छ, जसबाट कोही पनि मानिसको पूरा जीवन नै खराब हुन्छ ।

चाणक्य नीतिमा आचार्य कौटिल्य भन्छन्, ‘हरेक मानिस यी दुईवटा गल्तीबाट बच्नुपर्छ । जो मानिस कुनै सोचविचार नगरी केही समयको सुखको पछि लागेर केही पनि काम गर्छ, त्यस्ता मानिसबाट बचेर रहनुपर्छ ।’

चाणक्य नीतिको श्लोकले भन्छ-

अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।

आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति ।।१९।।

चाणक्य नीतिको यो श्लोकमा भनिएको छ- हमेशा सोच विचार गरेर मात्र कुनै काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोचविचार खर्च गर्ने मानिस अनाथ हुन्छ । एउटा यस्तो समय आउँछ, जतिबेला बाट यस्ता मानिसहरुलाई कसैले पनि साथ दिँदैन । यस्ता मानिसले जीवनको ठूलो भाग एक्लै बाँच्नुपर्छ ।

दोस्रो गल्तीका बारेमा चाणक्य नीतिमा भनिएको छ-

झगडालु तथा सबै जातिका स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्ति पनि सीघ्र नष्ट भएर जान्छ । यसको अर्थ हो कि अनावश्यक खर्च गर्ने मानिस, जसको कोही पनि आफ्नो हुँदैन । जो झगडालू स्वभावको हुन्छ र युवतीको पछि लागिरहन्छ, यस्तो मानिस पनि छिट्टै विनाशतिर जान्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob