scheduleआइतवार भाद्र ८ गते, २०७६

स्टार रेमिटबाटै बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया


एसपी यादव/ दक्षिण कोरिया, १६ चैत । कोरियामा पहिलो पटक नेपालीको लगानीमा सञ्चालित स्टार रेमिटले १ मईदेखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख नेपाली रूपैँया बराबर पठाउन पाउने भएको छ ।

यसअघि वार्षिक २० हजार डलरबाट ३० हजार डलरसम्म पठाउन पाउने अनुमति पाएको स्टार रेमिटले एकपटकमा ३ हजार डलर मात्र पठाउन मिल्ने प्रावधान रहेको थियो । तर मई १ तारिखदेखि एकपटकमा ५ हजार डलर अर्थात् ५ लाख नेपाली रूपैँया पठाउन सकिने स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले जानकारी गराएका छन् ।

कोरिया सरकारले अवैधानिक माध्यमबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज पार्दै सेवा सुविधाहरुमा बढावा दिन थालेका छन् ।

कोरियाको राजधानी सउलको दोदेमुनबाट व्यवसायिक कारोबार सुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरू माझ अत्यधिक लोकप्रिय बन्दै गएको छ । स्टार रेमिटमा अटो डेबिट र म्यानुअल सिष्टम दुवै भएकाले नेपालीहरु यस रेमिटप्रति आकर्षित भएका छन् ।

रेमिटले एप दर्ता गर्ने ग्राहकहरुलाई ५ हजार कोरियन वनको कुपन सेवा समेत दिँदै आएको स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले जानकारी गराएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage