scheduleशुक्रवार श्रावण ३ गते, २०७६

पोखरामा एक महिलाले करिब १० करोड रुपैयाँ ठगी गरेर फरार

काठमाडौँ, १७ चैत । पोखरामा एक महिलाले करिब १० करोड रुपैयाँ ठगी गरेर फरार भएकी छिन् ।

पोखरा गणेश टोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत गरेर करिब १० करोड रुपैयाँ ठगेर टाप कसेकी हुन् ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको पिडितहरु बताउ छन् ।

जसुधा पौडेल र उनका श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै सम्बन्ध विच्छेद गरेको बताएका छन् । तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० लाख रुपैयाँ हिनामिना भएको बताईएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob