scheduleबुधवार श्रावण १ गते, २०७६

रणवीर र आलिया जरुरी मुद्दा छाडेर सेक्सबारे मात्र कुरा गर्छन्ः कंगना


मुम्बई, १७ चैत । कंगना रनोटले एकपटक पुनः रणवीर कपुर र आलिया भट्टविरुद्ध मुख खोलेकी छिन् । उनले हालसालै एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘यिनीहरुलाई देशको मुद्दासँग कुनै लिनुदिनु छैन । मुलुकका जरुरी मुद्दाहरुमा यिनीहरु कहिल्यै बोल्दैनन् । यिनीहरु त केवल यौन जीवनको बारेमा सोध्यो भने मात्र यसबारे कुरा गर्न तयार हुन्छन् ।’

कंगनाले आलिया र रणवीर युवा हुन् र भनेर प्रश्न उठाएकी छन् । ‘रणवीर २७ र आलिया २७ वर्षकी हुन् भने यिनीहरु कसरी युवा भए ? २८ वर्षको उमेरमा त मेरी आमाको तीनवटा बच्चा भइसकेका थिए,’ उनले भनिन् ।

उनले अगाडि थपिन्, ‘बच्चा छन् हुन कि के हुन् यिनीहरु ? इन्स्टामा तस्बिर पोस्ट गर्छन् र लेख्छन् कि म यसको साथ हुँ, यसको साथ छैन । यी सबै त चलिरहन्छ, ठिकै छ तर जब देशको कुरा आउँछ, उनीहरुले भन्छन्, यो मेरो निजी जिन्दगी हो ।’

त्यसो त कंगनाले यसअघि पनि उनीहरुविरुद्ध निशाना सोझ्याएकी थिइन् । उनले आलियालाई करन जौहरको कठपुतली बताएकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob