scheduleबुधवार बैशाख ११ गते, २०७६

मापसे गरेर श्रीमतीको हत्या गर्ने श्रेष्ठ पक्राउ परे


दमौली, १७ चैत । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ वर्षीया फूलमाया नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याराथन धारापानीका ४० वर्षीय श्रीराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रीरामले शुक्रबार मादक पदार्थ सेवन गरी फूलमायालाई कुटपिट गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले श्रीमतीको शवलाई घरदेखि करीब २० मिटर टाढा बारीमा फालेका थिए । हत्या अभियोगमा पक्राउ परेका श्रीरामलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob