scheduleबिहिवार श्रावण १४ गते, २०७८

उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

काठमाडौँ, १८ चैत । चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो ।

यो चिडियाखाना सर्वसाधरण र विदेशी पर्यटनसमेत जाने गरेका छन् । नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, त्यहाँको जंगलमै हेर्न जान पाए कस्तो हुन्छ भन्दै आपसमा कुराकानी गरेको त्यहाँ रिर्पोटिङ गर्न पुगेकाहरुले सुनाए । यसबाट चिनियाँ पर्यटन नेपाल भ्रमणमा आकर्षित गर्न समेत मद्दत पुग्नेछ ।

०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरुप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो । चिनियाँहरुले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन् । गैंडा हेर्न आउनेको घुईचो लागेको समाचार आउन थालेको छ । अन्नपुर्णपोस्टमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय