scheduleशुक्रवार श्रावण ३ गते, २०७६

तीनदिन पछि पनि खुलेन पाल्पा बन्द

पाल्पा, १८ चैत ।  व्यवसायीलाई प्रहरी प्रशासनले पक्राउ गरेको विरोधमा पाल्पा उद्योग वाणिज्य संघले आहृवान गरेको अनिश्चितकालिन पाल्पा बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

तीन दिनदेखि जारी बन्दका कारण सोमबार पनि बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । बन्दका कारण पाल्पाको सडकमा निजी तथा सार्वजनिक सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, कलकारखाना बन्द भएका छन् । बिहानैदेखि उद्योगी, व्यवसायीहरु सडकमा उत्रेर आफ्ना व्यवसायीलाई बिना शर्त रिहाइको माग गर्दै नाराजुलुस गरेका छन् ।

पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भटराई, व्यवसायीहरु लक्ष्मण रेग्मी र बाबुराम विष्टलाई बिना प्रमाण प्रशासनले पत्रकार कुटपिटको आरोपमा थुनामा राखेको विरोधमा बन्द आहृवान गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

शुक्रबार तानसेनका होलाङ्दी, बसपार्क ढुंगाखानी घर घडेरी पीडितहरु तानसेन नगरपालिकामा डेलिगेशन गएर फर्किदा पत्रकार विजय बौडेललाई आत्रमण गरेको र सोही विषयलाई बुझ्न पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल नगरपालिका पुग्दा भीडले आक्रमण प्रयास गरेको थियो । सोही विषयलाई लिएर पत्रकार महासंघ पाल्पा शाखाले प्रमुख जिल्ला अधिकारीलाई भेटेर केही पक्राउ परेका व्यक्तिहरुको किटानी सहित विज्ञप्ति बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले महासंघले नाम उल्लेख गरेअनुसार तीन जनालाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob