scheduleशुक्रवार श्रावण ३ गते, २०७६

भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध


काठमाडौं, १९ चैत । बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो ।

३३ केभीका वीरगञ्ज, रक्सौल प्रसारण लाइन र १ सय ३२ केभी क्षमताको रक्सौल, पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले भारतबाट हुने विजुली आपूर्ति रोकिएपनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको छ ।

हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा बिजुली आपूर्ति सुचारु गरिसकेको छ । ग्रामीण भेगमा पनि मर्मतको काम गर्दै बिजुली आपूर्ति सुचारु गर्न काम सुरु भएको छ । प्राधिकरणले हाल बारा पर्सामा रौतहटको सबस्टेशनबाट आपूर्तिको व्यवस्था मिलाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob