scheduleशनिवार जेष्ठ ११ गते, २०७६

बालिकाकालाई यौन दुर्व्यवहार गर्ने भारती प्रहरी खोरमा


जुम्ला, १९ चैत । चन्दननाथ नगरपालिका-४ का ४८ वर्षीय श्याम भारतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चार वर्षीया बालिकालाई यौन दुर्व्यावहार गरेका आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा प्रहरीले भारतीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको बताएको छ । पीडित बालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob