scheduleआइतवार श्रावण ५ गते, २०७६

सहकारी दिवसः सहकारी गाभ्ने र घटाउने योजनामा सरकार


काठमाडौं, २० चैत । आज सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइरहँदा भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब सहकारी गाउँ केन्द्रीत भएर सम्बृद्ध बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइन् । उनले अहिले रहेका ३४ हजारभन्दा सहकारीलाई ५ वर्षमा आधामा झार्ने पनि बताइन् । सहकारीलाई क्षेत्र विभाजन गरे उत्पादनमा लगाउने सरकारको तयारी छ ।

सरकारले अबको २ वर्षभित्र ७७ वटै जिल्लामा कृषी बजारको व्यवस्था पनि गर्ने भएको छ । किसानले कृषी बजार नपाउँदा कृषीजन्य उत्पादन खेर गइरहेको गुनासो गरिरहेका बेला सरकारले यस्तो बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २ वर्षमा हरेक जिल्लामा कृषी बजारको व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको जानकारी गराए । सहकारी दिवसका अवसरमा मंगलबार सिंहदरबारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनालाई सहकारीसँग जोड्नुपर्ने बताए । मुलुकभरमा रहेका सहकारीलाई कृषी क्षेत्रमा लाग्न पनि उनले अनुरोध गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob