scheduleशुक्रवार श्रावण ३ गते, २०७६

प्रतिबन्धित नेकपाका जिल्ला सचिव पक्राउ


भद्रपुर, २० चैत । प्रतिबन्धित नेकपाका इलाम सेक्रेटरीसहित दुई नेता कार्यकर्ता पक्राउ परेका छन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा झापाको बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob