scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

कोरियामा भव्यतापूर्वक मनाइयो नेपाल दिवस २०१९


एसपी यादव/सिउल, चैत २१ गते । दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वानस्थित नामसौल विश्वविद्यालयमा गत मंगलबार नेपाल दिवस २०१९ एक कार्यक्रमका बीच भव्यताका साथ मनाइएको छ ।

कार्यक्रमको पहिलो चरणमा मनाइएको नेपाल दिवसमा ६० जनाभन्दा बढी कोरियाली तथा नेपाली विद्यार्थीहरुलगायत विभिन्न देशका प्राध्यापकहरु समेतको उपस्तिथि रहेको कार्यक्रममा विश्व प्रख्यात ओस्कार अवार्ड प्राप्त क्याराभान नामक नेपाली चलचित्र प्रदर्शन गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा एक हजार भन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा नामसौल विश्वविद्यालयको सभाहलमा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइएको थियो । उक्त कार्यक्रमका अतिथिको रुपमा नेपाली दूतावासका कार्यवाहक राजदुत किरण शाक्य, सेकेन्ड सेक्रेटरी उद्धव न्यौपाने र नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका उपाध्यक्ष राज कुमार तामाङ लगायतका व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।

मन्तव्यका क्रममा नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाले भने, ‘अन्तर्राष्ट्रिय दिवसले सांस्कृतिक विविधताबारे बुझ्ने मौका प्रदान गर्नुका साथै फरक संस्कृतिहरुका बिच आफ्नो संस्कृति र पोशाकलाई सार्वजनिक गर्ने मौका प्रदान गरेको छ ।’

मन्तव्यकै क्रममा नामसौल विश्वविद्यालयका प्रोफेसर युन सिमल किमले भने, ‘नेपाल दिवस सफलतापूर्वक नामसौल विश्वविद्यालयमा मनाईदै गर्दा मैले नेपाली परम्परागत खाना समेतको अनुभव लिनुका साथै नेपाली सिनेमा पनि हेर्ने मौका पाएको छु ।’ उनले नेपाल दिवसले आफूलाई अझ आफूलाई नेपाल र नेपालीप्रति प्रगाढ माया बढाउनुका साथै प्राकृतिक रुपले धनी देश नेपाललाई नजिकबाट बुझ्न् पाएकोमा कृतज्ञता व्यक्त गर्दै उनले नेपाल दुतवास, नेपाल पत्रकार मञ्च, नेपाली विद्यार्थी र उपस्थित सम्पुर्ण नेपाली समुदायलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका उपाध्यक्ष राजकुमार तामाङले भने, ‘नेपालको कला, संस्कृति, सभ्यता र पहिचानको सम्बर्द्धन तथा प्रवर्द्धन गर्नका निम्ति आगामी दिनहरुमा पनि मञ्चले सक्रियताका साथ विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जानेछ ।’

कार्यक्रममा विभिन्न देशका प्राध्यापक, विद्यार्थी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage