scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

समायोजनमा कर्मचारीको गुनासैगुनासो, एक सातामा १२ हजारको गुनासो


कर्मचारी समायोजनमा गुनासो संख्या बढीरहेको छ । कर्मचारी समायोजन सकिएको एक साताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउँदै गुनासो दर्ता गराएका छन् ।

समायोजनप्रति असन्तुष्ट तथा समायोजना फारम भरेको ठाउँमा नभई अन्य ठाउँमा परेको भन्दै कर्मचारीले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिमा गुनासो दर्ता गरेका हुन् । दर्ता भएका गुनासाको छानविन प्रक्रिया सुरु भइसकेकाले अबको एकहप्ता भित्र गुनासोको सम्बोधन गरिसक्ने मन्त्रालयका सहसचिव एवम् गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराईले बताए ।

संघ, प्रदेश र स्थानीय तहका सबै निकायमा गरि १ लाख ३१ कर्मचारीको समायोजन भइसकेको छ । जसमा सबैभन्दा बढी स्थानीय तहमा ६६ हजार ९ सय ८, संघमा ४८ हजार चारसय ९ र प्रदेशमा २२ हजार ७ सय ९७ कर्मचारी समायोजन भएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage