scheduleशुक्रवार श्रावण ३ गते, २०७६

लोकसभा चुनाव जित्न हरसम्भव प्रयास गर्दै अभिनेत्री उर्मिला

काठमाडौँ, २४ चैत । बलिउडबाट गुमनाम अभिनेत्री उर्मिला यतिखेर लोकसभा चुनावमा झुल्किएकी छिन् ।

उनले काँग्रेसबाट लोकसभा चुनावमा प्रतिस्पर्धा गर्दैछिन् । उनलाई उत्तर मुम्बईका लागि टिकट दिइएको छ ।

उक्त क्षेत्रमा मराठी र गुजरातीको उल्लेख्य संख्या रहेको छ ।

गुजरातीहरुको भोट तान्न पनि उनले आफ्नो भाषणमा मराठी र गुजराती भाषाको प्रयोग गरेकी छिन् ।

उनले चुनाव प्रचारका लागि कुनै कसर बाँकी राखेकी छैनन् । उनले अटो रिक्सा चलाउने देखि उनीहरुको भेषभुषा लगाउने जस्ता कार्यहरु गरेकी छिन् ।

उनले काँग्रेस पार्टीमा प्रवेश गरेपछि मिश्रित प्रतिक्रिया आएको थियो । उनले चुनाव जित्न कठिन हुने समिक्षकहरु बताउँछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob