scheduleशनिवार जेष्ठ ११ गते, २०७६

जहाँ धामी नै भत्काउँदैछन् छाउगोठ


बाजुरा, २४ चैत । बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीमा धामी आफैले नै छाउगोठ भत्काएका छन् । स्थानीय धामी रुपबहादुर सिंहले आफैले छाउपडी गोठ भत्काउनु भएको हो ।

शनिबार वडा कार्यालय,वडा स्तरिय महिला सञ्जाल र जिल्ला प्रशासन कार्यालय बाजुराको संयुक्त टोलीमा सहभागिता जनाउँदै छाउ कुप्रथाका विरुद्ध उनले छाउगोठ भत्काएका हुन् । छाउ कुप्रथा भएको र समाजलाई परिवर्तन गर्ने नदिने अन्धविश्वास मात्र भएकाले छाउपडी गोठ भत्काउन आफैबाट सुरुवात गरेको उनको भनाई छ ।

बाजुरामा हिजो मात्रै विभिन्न सरोकारवाला निकायको सहभागितामा २० वटा भन्दा बढी छाउगोठ भत्काईएको जिल्ला प्रशासन कार्यलय बाजुराले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob