scheduleसोमवार भाद्र २ गते, २०७६

बाँझो खेत हराभरा बनाउँदै बेरोजगार युवाहरु


जुम्ला, २४ चैत । जुम्लाका वेरोजगार युवाहरुले गाउँमैे बसेर तरकारी खेति गरी आम्दानी गरिरहेका छन् । पढेर पनि जागिर नपाएका युवाहरुले तरकारी व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेति तर्फ लागेका हुन् ।

तरकारी खेतिबाट आफ्नो जीवन गुजारा राम्रो हुनेभएपछि जुम्लामा केहि वर्ष यता यूवाहरुको रुची तरकारी व्यवसायतिर देखिन थालेको हो । विदेशमा गएर कमाउन नसकेका ,पढेर पनि अन्य जागिर नपाएका युवाहरु अहिले तरकारी व्यवसायबाटै आम्दानी गरिरहेका छन् ।

उनीहरु बन्दा, काउली, काँक्रो, प्याज, खुर्सानी लगाएतका तरकारी बालीमा आकर्षित भएका हुन् । माल्दिभ्स, साउदी र दुबईमा ७, ८ वर्षसम्म बस्दा पनि सोचेजस्तो कमाई नभएपछि युवाहरु गाउँमा नै तरकारी खेति आम्दानी गरिरहेका छन् । उत्पादन गरेको तरकारी स्थानीय बजारमा नै खपत गर्ने गरेका छन् ।

स्थानीय स्तरमा नै तरकारी बिक्री गरेर बार्षिक चार लाख सम्म आम्दानी गर्न सफल भएको चन्दनाथ नगरपालिका भानुभक्त आचार्यले जानकारी दिए । यहाँका युवाहरुले अर्गानिक तरकारी खेति गरिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage