scheduleबिहिवार भाद्र ५ गते, २०७६

रोकिराखेको जीप दुर्घटना, यात्रुले हाम फालेर ज्यान जोगाए


डोल्पा, २४ चैत । डोल्पाको सदरमुकाम दुनैमा रोकिराखेको जीप दुर्घटना भएको छ । चालकले रोकेर ठुलीभेरी नगरपालिका-३ मा पर्ने कालिका मन्दिरनजिकै रहेको भे १ च २९४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

रुपगाडबाट दुनैतिर आउँदै गरेको जीप आइतबार बिहान दुर्घटनाग्रस्त भएको हो । चालक जीप रोकेर पैसा साट्न गएको बेला जीप २० मिटर पछाडि गुडेको हो ।

आफैं गुडेको जीप ३ मिटर तल तटबन्दमा बजारिनु अघि नै जीपमा रहेका दुई यात्रुहरुले हामफालेका थिए ।

दुर्घटनामा परी जीपमा सामान्य क्षति पुगेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage