scheduleशनिवार जेष्ठ ११ गते, २०७६

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाम, २६ चैत । सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर १६ जना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ हावाहुरीसँगै आएको असिना पानी तथा चट्याङले डोटीलगायत बालीसमतेत नोक्सान पुगेकाे छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob