scheduleशुक्रवार श्रावण ३ गते, २०७६

गाउँपालिकाको निर्णयः बैशाख १२ गते बारपाकमा विदा


गोरखा, २६ चैत । बारपाक सुलिकोट गाउँपालिकामा आउँदो बैशाख १२ गते सार्वजनिक विदा दिइएको छ ।

२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वैशाख १२ गते गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु विदा हुने उल्लेख गरेको छ ।

उक्त दिन गएको भूकम्पका कारण उक्त गाउँपालिकामा १ सय ३९ जनाको मृत्यू भएको थियो । गाउँपालिकाको यही चैत २३ गते बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob