scheduleबुधवार बैशाख ११ गते, २०७६

चुनावको मुखमा माओवादी हमला, भाजपा विधायक मारिए


एजेन्सी, २६ चैत । भारतमा चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना भएको छ । छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विधायकसहित ५ जना मारिएका छन् ।

भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा विधायक भीमा माण्डवीसहित ४ जना रहेका छन् । यात्रामा रहेका विद्यायकमाथि माओवादीहरुले आक्रमण गरेको भारतीय प्रहरीले जनाएको छ ।

मारिनेहरुमा विधायक माण्डवीसहित उनको गाडीका चालक र ३ सुरक्षाकर्मी रहेका छन् । माओवादीहरुले उनीहरु सवार गाडीमाथि बम हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बम आक्रमणबाट गाडी ध्वस्त भएको छ । भारतमा विहीबारबाट लोकसभा निर्वाचन सुरु हुँदैछ । दन्तेवाडामा पनि बिहीबार पहिलो चरणको निर्वाचन हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob