scheduleशनिवार जेष्ठ ११ गते, २०७६

‘फेसबुकलाई झुठ बोल्ने रोग छ, विश्वास नगरौं’


एजेन्सी, २७ चैत । न्यूजिल्याण्डका गोपनियता प्रमुख जन एडवर्ड्सले फेसुबकलाई नैतिकरुपमा लुटेरा र झूठ बोल्ने मानसिक रोगीजस्तो रहेको बताएका छन् । न्यूजील्याण्डका मिडियाका अनुसार एडवर्ड्सले ट्वीट गर्दै यस्तो भनेका हुन् । यद्यपि, उनले पछि आफ्नो ट्वीट सन्देश मेटिदिएका छन् । तर, उनको ट्वीटको स्क्रिन शट भने भाइरल भएको छ ।

एडवर्ड्सले आइतबार बारम्बार ट्वीट गर्दै फेसबुक विश्वास गर्न लायक नभएको बताएका हुन् । फेसबुकले आत्महत्या, बलात्कार र हत्याको घटनाको पनि लाइभ स्ट्रिमिङको अनुमति दिइरहेको उनको आरोप छ । मस्जिदमा हमलाको भिडिया प्रसारण गर्न दिएको घटनाको पनि उनले स्मरण गरेका छन् ।

एडवर्ड्सका अनुसार फेसबुकले विज्ञापनदातालाई यहुदीसँग घृणा गर्ने मानिसमार्फत् नाफा कमाउने अनुमति दिइरहेको छ । उसले कहिले पनि कुनै पनि सामग्रीबाट हुने नोक्सानीको जिम्मेवारी नलिने पनि उनले बताएका छन् ।

उनका अनुसार सामाजिक सञ्जालमा रोहिंग्या मुसलमानको विरुद्ध घृणा फैलाउने प्रयासका कारण म्यानमारमा जातिसंहार भयो । लोकतान्त्रिक संस्थाहरु कमजोर बनाउन पनि फेसबुकले भूमिका खेलिरहेको छ ।

एक सर्वेका अनुसार अमेरिकाका ६० प्रतिशत मानिस आफ्नो निजी सूचनालाई लिएर फेसबुकलाई विश्वास गर्दैनन् । पछिल्लो वर्ष क्याम्ब्रिज एनालिटिका र अर्को तथ्यांक चुहावट विवादपछि फेसबुकप्रति मानिसको विश्वास घटेको हो ।

यो कुरा अमेजन र गुगलभन्दा अत्यधिक बढी नै छ । सर्वेमा २८ प्रतिशत मानिसले आफ्नो संवेदनशील जानकारीको सुरक्षालाई लिएर उनीहरुलाई विश्वास नरहेको र गुगलप्रति ३७ प्रतिशत मानिसको यस्तै सोच रहेको पाइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob