scheduleशनिवार जेष्ठ ११ गते, २०७६

ट्विटरका सिईओको गत वर्षको तलब केवल १५६ रुपैयाँ


सन फ्रान्सिस्को, २७ चैत । ट्विटरका सीईओ ज्याक डोर्सीले गत वर्ष केगल १.४० डलर अर्थात् १५६ रुपैयाँ तलब लिए । यो उनको पहिलो तलब हो । डोर्सीले २०१५ मा ट्वीटरको सीईओ पद सम्हालेका थिए । त्यतिबेला उनले तीन वर्षसम्म कुनै तलब नलिने बताएका थिए ।

२०१८ मा पनि उनले १.४० डलर सांकेतिक तलब बाहेक कुनै पनि भत्ता लिन अस्वीकार गरिदिए । ट्विटरले सोमबार नियमित अपडेटमा यस्तो जानकारी दिएको छ ।

ट्विटरका सह-संस्थापक डोर्सीले लामो समयसम्म कम्पनीको हितको प्रतिबद्धता जनाउँदै तलब नलिने निर्णय गरेका हुन् । डोर्सीका पछिल्लो तलब ट्विटरको पछिल्लो १४० शब्द सीमाको संकेत हो । २०१७ मा यसलाई बढाएर २८० बनाइएको थियो ।

डोर्सीको अर्को कमाई ट्विटर र मोबाइल पेमेन्ट कम्पनी स्क्वायरमा त्यसको शेयरबाट हुनेछ । ब्लूबर्ग बिलेनियर इन्डेक्सका अनुसार डोर्सीको कुल मूल्य ५.५ अर्ब डलर छ ।

त्यसो त, सांकेतिक तलब लिने डोर्सी एक्ला सीईओ भने होइनन् । फेसबुकका सीईओ मार्क जुकरबर्गले लामो समयदेखि केवल एक डलर वार्षिक तलब लिँदै आइरहेका छन् । अल्फाबेटका सीईओ लैरी पेजले पनि वर्षमा एक डलर नै तलब लिन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob