scheduleशुक्रवार श्रावण ३ गते, २०७६

च्याम्पियन्स लिग प्रिभ्युः म्यानचेस्टर युनाइटेडसँग पराजित हुने डरमा बार्सिलोना

काठमाडौँ, २७ चैत । आज राति  च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले बार्सिलोनासँग आमने सामने गर्दैछ । म्यानुको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले कठिन यात्रा तय गर्नुपर्ने बताइएको छ ।

बार्सिलोनासँग च्याम्पियन्स लिगको दुईवटा फाइनलमा पराजित भएको बदला लिन म्यानु तयार रहेको प्रशिक्षक ओले गनरले बताएका छन् । यस सिजन बार्सिलोना उच्च फर्ममा रहेको छ ।

स्पेनिस लिग ला लिगा उपाधि पनि जित्ने दाउमा रहेको बार्सिलोनाको डिफेन्स लाइनमा भने समस्या देखिएको समिक्षकहरु बताउँछन् । म्यानचेस्टर युनाइटेडको खेल भने सुधारोन्मुख रहेको छ ।

एकपछि अर्को खेलमा म्यानुले सुधार देखाएको छ ।

पिएसजीविरुद्धको खेलमा सानदार कमव्याक गर्दै म्यानुले क्वाटरफाइनलको यात्रा तय गरेको थियो । पोउल पोग्वा, लुकाकु, रासफोर्डजस्ता खेलाडीहरुले म्यानुलाई जित दिलाउन हरसम्भव प्रयास गर्ने अनुमान गरिएको छ ।

त्यस्तै बार्सिलोनाका स्टार खेलाडीहरु मेस्सी, स्वारेज, कोटिन्हो जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् । मिडफिल्ड पनि उत्तिकै बलियो रहेको छ ।

तर, बार्सिलोनाको डिफेन्स लाइनमा भने धेरै समस्या रहेको र यही कारण कतै बार्सिलोना पराजित हुने त होइन भन्ने शंका पनि उब्जिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob