scheduleबिहिवार बैशाख १२ गते, २०७६

उद्योगी तथा पूर्व सांसद दिवाकर गोल्छाको निधन

काठमाडौँ, २७ चैत । उद्याेगी तथा पूर्व सांसद दिवाकर गोल्छाको निधन भएको छ । लामो समयदेखि मुटु र किड्नीका रोगी गोल्छाको भारतमा उपचारका क्रममा ७६ वर्षको उमेरमा मंगलबार राति निधन भएकाे हाे ।

२०६४ काे पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसद समेत रहेका गोल्छाको निधन भएको उनका दाई लोकमान्य गोल्छाले पुष्टि गरे । भारतको चेन्नईमा उपचारमा रहेका गोल्छाको पार्थिव शरीर विहीबारसम्ममा काठमाडौं ल्याउने तयारी भइरहेको छ । चेन्नईमा किड्नी ट्रान्सप्लान्ट गरिएको दुई सातामै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१८ वटा उद्योग रहेका गोल्छा ८ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत भएका थिए । उनको उद्योगहरुमा १८ हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष समेत रहेका उनी गोल्छा परिवारलाई आधुनिक उद्योगतर्फ रुपान्तरण गर्ने अभियानका नेतृत्वकर्ताका रुपमा समेत चिनिन्छन् ।

गोल्छाका दुई छोरा छन् । एक छोरा शेखर हाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob