scheduleबिहिवार बैशाख १२ गते, २०७६

छातीमा संक्रमण भएपछि दलाइ लामा अस्पताल भर्ना


काठमाडौं, २७ चैत । तिब्बतका अध्यात्मिक नेता दलाइ लामा नयाँ दिल्लीमा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका हुन् । ८३ वर्षीय लामाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

स्वत्नत्र तिब्बत अभियान सुरु गरेका धार्मिक नेता लामा १९५९ देखि भारतको उत्तरी पहाडी क्षेत्र धर्मशालामा रहँदै आएका छन् । समाचार एजेन्सीहरुका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि दिल्ली आएको दलाइ लामाका निजी सचिव तेञ्जिन तक्ल्हाले जानकारी दिएका छन् ।

स्वास्थ्य स्थिर रहेका कारण थप केही दिन उपचार हुनसक्ने चिकित्सकले बताएको निजी सचिव तेञ्जिनले बताएका छन् ।

भारतमा १ लाखभन्दा बढी तिबेतियनहरु रहँदै आएका छद्न् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob