scheduleशुक्रवार श्रावण ३ गते, २०७६

भारतमा आजबाट लोकसभा निर्वाचन, पहिलो चरणमा २० राज्यका ९१ सिटका लागि मतदान शुरू

काठमाडौँ, २८ चैत । भारतमा १७ औं लोकसभा चुनावको पहिलो चरणमा आज २० राज्यका ९१ सिटका लागि मतदान शुरु भएको छ । मिडिया रिपोर्टका अनुसार ९१ सिटका लागि १४ करोडबढी मतदाताले आज मतदान गर्दैछन् । जसमा १२ सय ७९ प्रत्यासीको भाग्यको फैसला हुनेछ । भारतीय समय अनुसार बिहान सात बजे मतदान शुरु भएको हो ।

भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।

यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् । पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उहाँका बाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन् । उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob